राष्ट्रिय सहकारी बैंक लि.ले शुरु ग-यो ९ दिने नि:शुल्क अनलाइन तालिम
राष्ट्रिय सहकारी बैंक लि.ले आफ्ना सदस्य सहकारी संघ/संस्थाहरुका व्यवस्थापक तथा प्रतिनिधिहरुका लागि देशभर लकडाउन चलिरहेका बेला क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ९ दिवसीय नि:शुल्क अनलाइन बेसिक एक्ससेल तालिम आजबाट शुरु गरेको छ ।
२०७७ बैशाख १७ गतेदेखि २४ गतेसम्म चल्ने सो तालिम दैनिक दिउसो २ बजेदेखि साढे ३ बजेसम्म सञ्चालन गरिने बताइएको छ । सीए सुरेश सिंघीद्वारा प्रशिक्षण दिइने सो तालिम सीपमुलक हुने आयोजकको भनाई छ । उक्त तालिम शुभारम्भको अवसरमा सहभागीहरुलाई स्वागत गर्दै सोही बैंकका सञ्चालक विश्वनाथ मण्डल र तालिम विभाग प्रमुख रामबाबु आचार्यले तालिमको महत्व बारे प्रकाश पार्नु भएको उक्त बैंकले जनाएको छ ।

