भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.द्वारा भक्तपुरका ४ वटै स्थानीय तहका विपद व्यवस्थापन कोषमा रु.१,५०,००० सहयोग

0 Shares

भक्तपुर जिल्ल्ला बचत तथा ऋण सहकारी संघ लि.ले भक्तपुर जिल्लाका चारवटै स्थानीय तह (नगरपालिका) को विपद व्यवस्थापन कोषमा जम्मा रु.१,५०,०००। ( एक लाख पचास हजार) सहयोग गरेको जनाएको छ । आज सो संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको नेतृत्वमा त्यसै संघका उपाध्यक्ष हरि बल्ल, सचिव जगनाथ प्रजापति, कोषाध्यक्ष कान्छा भक्त घजु, सञ्चालक चण्डिका छुंका र व्यवस्थापक
बालकृष्ण धोजुको टोलीले भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतीलाई रु.६०,०००। (साठी हजार रुपैंया), मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठलाई रु.४०,०००। , चाँगुनारायण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमिल्सीनालाई रु. २०,०००। र सुर्यविनायक नगरपालिकालाई रु.३०,०००। रकम खातामा जम्मा गरी पत्रसहित भौचर हस्तान्तरण गरेको थियो ।

उक्त संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा सहयोग पु-याउन यस संघको समुदायिक विकास कोषबाट उक्त
रकम सहयोग गरेको बताउनुभयो । यस संघले आफू सँग आबद्ध सदस्य संस्थाहरुलाई नेपाल सरकारको एकद्धार नीति अनुसार स्थानीय तह (नगरपालिका) मार्फत सहयोग गरी महामारी रोकथाम एंव नियन्त्रणमा सहयोग पु-याउन अनुरोध गरेको जानकारी दिदै उहाँले हाम्रो यस संघका सदस्य संस्थाले प्रदान गरेको सहयोगको अभिलेख राख्दै आएको र हालसम्म रु.१०,६६,५००। (दश लाख छैसट्ठी हजार पाँच सय रुपैंया) आर्थिक तथा भौतिक सहयोग स्थानीय तहको
विपद व्यवस्थापन कोषमा जम्मा भएको बताउनुभयो । बन्दाबन्दीको अवस्थामा सहकारी संघ /संस्थाले अति आवश्यक सेवा प्रदान गर्नुहुन भनी संघीय सहकारी विभाग र वागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले परिपत्र गरे अनुसार यस संघमा आबद्ध १९८ सहकारी संस्थाहरुमध्ये अधिकांश सहकारी संस्थाले अनुकुल सदस्यलाई सिमित सेवा पु-याइरहेको साथै यस संघले पनि सदस्य संस्थाको तरलता अभाव हुन नदिन र महामारीको अवस्थामा जनचेतनामूलक सूचना सम्प्रेशन गर्न सुरक्षात्मक उपाय सहित कार्यालय नियमित सञ्चालन गरेको र सो कार्यमा नगरपालिकाको आवश्यक साथ ,सहयोग र समन्वयको लागि अनुरोध समेत गरेको उहाँको भनाई थियो ।

Leave a Reply