सुप्रिम साकोस,ललितपुरले ग-यो कोरोना रोकथाम , नियन्त्रण तथा राहतका लागि महालक्ष्मी नगरपालिकालाई रु.३०,००० सहयोग

0 Shares

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा राहत प्रदान कार्यमा ललितपुरको महालक्ष्मी नगरपालिकालाई २०७७ बैशाख १८ गते ललितपुरको महालक्ष्मीस्थानमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.ले रु ३०,००० (अक्षरुपी तीस हजार रुँपैया मात्र) सहयोग प्रदान गरेको जानकारी प्राप्त भएको छ । सो रकम बुझ्दै
उक्त नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले सहयोगका लागि आभार व्यक्त गर्दै उक्त संस्थाकी मुख्य प्रवन्धक समिना खनाललाई धन्यवाद ज्ञापन-पत्र हस्तान्तरण गर्नु भएको थियो । त्यस अवसरमा सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा र वडा नं ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठले पनि उक्त संस्थालाई सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

Leave a Reply