संघीय संसदको बजेट अधिवेशन बैशाख २६ गते बोलाउन नेपाल सरकारले राष्ट्रपति समक्ष ग-यो सिफारिस
नेपाल सरकार, मन्त्रीपरिषदको आज बसेको बैठकले संघीय संसदको बजेट अधिवेशन यही वैशाख २६ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सो बैठकमा हिजो बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालयको बैठकले पार्टी भित्रको समस्या निवारण गरेकाले उत्साहित भएर कार्य गर्न मन्त्रीहरुलाई निर्देशन दिनु भएको जनाइएको छ । नेपालको संविधान,२०७२ मा जेठ १५ गतेसम्ममा नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेट पेश गर्नु पर्ने प्रावधान उल्लेख छ

