विप्लव नेतृत्वको नेकपा नेता अनिल शर्मा विरहीको गिरफ्तारीको विरोध
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता , पत्रकार तथा सांस्कृतिककर्मी अनिल शर्मा विरहीलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सुरक्षाकर्मीले पक्राउ गरेकोमा विभिन्न संगठन तथा व्यक्तिहरुले विरोध गरिरहेका छन् । यसैक्रममा ऋषि कट्टेल नेतत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अखिल नेपाल सांस्कृतिक यूनियनका इञ्चार्ज कृष्णहरि भट्टले आज एक प्रेश वक्तव्य प्रकाशित गरी विरोध गर्नुभएको छ । जो यस प्रकार छ ।
प्रेस बक्तव्य
अखिल नेपाल सांस्कृतिक युनियन संकृतिकर्मी तथा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका पाेलिटव्युराे सदस्य अनिल शर्माको गिरफतारीले यो सरकारको निन्दनीय कार्यले परकाष्ठा नागेको पुस्टी हुन्छ । यस्तो कार्यले वर्तमान संविधानकाे समेत घाेर उलङ्घन गर्दछ । यसर्थ राजनीतिक आस्थाकाे आधारमा कुनैपनि व्यक्ति वा समुहलाई गिरफ्तार वा प्रतिबन्ध लाउन पाइदैन । यदि यसै गरिरहने हाे भने याे जनतावाट झुक्किएर निर्वाचित जनविराेधी सरकार भन्ने कुरा पुष्टि हुन्छ ।
अत: यस्ता प्रकृतिका कुकृत्य नगर्न जाेडदार माग गर्दछ । यस्ताे जनविराेधी सरकारकाे विराेध तथा प्रतिकार गर्न सम्पुर्ण जनपक्षीय संस्कृति कर्मि तथा शक्तिलाई एक हुन समेत अनेसायु हार्दिक आह्वान गर्दछ ।

