इलामको नाम्सालिङमा आगलागी हुँदै

0 Shares

इलामको माईजोगमाई गाउँपालिका-२,नाम्सालिङ स्थित शुक्रवारेमा आगलागी भइरहेको जानकारी प्राप्त भएको छ । यसबेलासम्म ३ वटा घर आगलागी भइसकेको स्थानीयले बताएका छन् । आगलागी विद्युत सर्ट भएर लागेको हुन सक्ने आँकलन गरिएको बताइएको छ । स्थानीयबासीहरुबाट आगलागी नियन्त्रण प्रयास भइरहेको जनाइएको छ । आगलागीको क्षतिको विवरण यकिन भई नसकेको स्थानीयको भनाई छ । स्थानीय बेद अग्रवालको घर आधा जलेपछि मात्रै स्थानीयले थाहा पाएको जनाइएको छ । कोरोनाका भाइरसका कारण लकडाउन हुनु अगाडि नै बेद अग्रवाव झापाको विर्तामोड गएकताले उनको सो बन्द रहेको जनाइएको छ ।

Leave a Reply