इलामको नामसालिङको आगलागी नियन्त्रणमा आयो
इलामको माइजोगमाई गाउँपालिका-३, नामसालिङस्थित शुक्रबारेमा लागेको आगलागी स्थानीयबासीको लगातारको प्रयत्नले भरखरै नियन्त्रणमा आएको स्थानीय रविन निरौलाको भनाई छ । आगलागीबाट मानवीय तथा पशुपञ्छीको भने नोक्सानी नोक्सानी हुन पाएन । आगलागीबाट ३ वटा घर जलेका छन् । जलेका ३ वटा घरमध्ये १ घरबाट मात्र सरसामान निकाल्न सकिएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने उपलब्ध हुन सकेको छैन ।

