नेपालमा कोरोना संक्रमितको संख्या १३४ जना

0 Shares

आज कपिलवस्तुमा १६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । पछिल्लो समय सप्तरीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
हिजो विराटनगरस्थित कोरोना उपचार अस्पतालबाट ६ जना कोरोना संक्रमित विरामी निको भएर डिस्चार्ज भएसँगै निको हुने कोरोना संक्रमित विरामीको संख्या ३३ पुगेको छ । ९९ जना कोरोना संक्रमित विरामीको भने विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
कपिलबस्तु र रुपन्देहीका कोरोना संक्रमित विरामीहरुको राम्रोसँग व्यवस्थापन हुन नसकेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply