आज एकै दिन नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि, नेपाल र भारत सीमामा अलपत्र नेपालीलाई उद्धार गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको निर्देशन

0 Shares

आज एकै दिन नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यसमध्ये पर्शाका ३९ जना, बाराका १ जना , रुपन्देहीका ९ जना र कपिलबस्तुका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ तर ती जिल्लाहरुका कुन-कुन स्थानका व्यक्तिमा कोरोना संक्रमण भएको हो भन्ने जानकारी प्राप्त भई सकेको छैन । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ जना पुगेको छ । पछिल्लो पटक प्रदेश नं.२ र ५ मा कोरोना संक्रमितको संख्या बढी देखिएको छ । यतिबेलासम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित व्यक्ति भेटिएका छैनन् ।
नेपालका भारतसँग सीमा जोडिएका जिल्लाहरु कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुमा वये केही भारतबाट लुकेर नेपाल प्रवेश गरेका व्यक्ति रहेको पाइएको छ ।
यता राष्ट्रिय मानव अधिकार आयोगले नेपाल-भारत सीमा अलपत्र नेपालीलाई उद्धार गरी उनीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न निर्देशन गरेको छ । उनीहरुको उद्धार गर्न विभिन्न राजनीतिक दल लगायतले सरकारलाई अनुरोध गरेपनि सरकारले आवाज वेवास्ता गर्दै आएको छ ।

Leave a Reply