भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएसँगै त्यस विरुद्ध नेपालमा विरोध जारी

0 Shares

कोरोना भाइरस संक्रमण फैलिन नदिन नेपाल सरकारले देशभर लकडाउन गरिरहेको बेला भारतले नेपाली भूमि लिपुलेक हुदै चीनको मानसरोवर जाने सडक बनाएसँगै त्यस विरुद्ध देशभक्त नेपालीहरुबाट विरोध गर्ने क्रम जारी छ । देशका सबैजसो दलहरुले भारतसँग वार्ता र संवाद गरी सीमा विवाद हल गर्न र लिम्पियाधुरा , लिपुलेक सहितका अतिक्रमित नेपाली भूमि समेटिएको देशको नयाँ नक्सा जारी गर्न सुझाव दिइरहेका छन् तर प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली भने देशको अतिक्रमित भूमि नै फिर्ता गर्ने भनी भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्न मानिरहनु भएको छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही दिन अगाडि भारतीय राजदुत मार्फत भारत सरकारलाई लिपुलेकमा मानसरोवर जाने सडक बनाएकोमा त्यसको विरोध गरी विरोध नोट पठाई अविलम्व परराष्ट्र मन्त्रालयका सचिव स्तरीय वार्ताको मिति तय हुनुपर्ने प्रस्ताव पठाउनु भएको छ तर भारतले भने सो प्रस्तावलाई वास्ता गरेको छैन । यता जानकारहरु भने भारतलाई विरोध नोट मात्रै पठाएर हुदैन , लिपुलेक सहितका अतिक्रमित भूमिको विषयमा कुटनीतिक ढंगबाट नेपाल , भारत र चीन वीच त्रिपक्षीय वार्ता र संवाद मार्फत समस्या समाधानको लागि पहल गर्न सरकारलाई सुझाव दिइरहेका छन् । उनीहरुले यदी त्यसलाई भारतले नमानेमा अन्तर्राष्ट्रिय अदालतमा जानु पर्नेमा जोड दिइरहेका छन् ।
६ महिना अगाडि भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानी सहितका नेपाली भूमि अतिक्रमण गरी नयाँ राजनीतिक नक्सा जारी गरेपछि त्यसको नेपालमा तिव्र विरोध भइरहेको छ भने नेपाल कम्युनिष्ट पार्टी, नेकपा(माले), नेकपा (मसाल),नेकपा(क्रान्तिकारी माओवादी) सहित विभिन्न वाम दलहरुले एकल र संयुक्त रुपमा भारतको सो कार्यको विरोध गर्दै आएका छन् ।
लिपुलेक, लिम्पियाधुरा सहितका नेपाली भूमि अतिक्रमण गरी भारतले आफ्नो राजनीतिक नक्सा जारी गरेको विरोध गर्दै आउनु भएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी मानसरोवर जाने बाटो बनाएको कार्यको विरोध गर्दै भारतले नेपाली भूमि लिपुलेकमा सडक बनाउनु र त्यहाँ सडक बनाउदा पनि आफूले थाहा नपाएको भनेर प्रधानमन्त्री ओलीले लाचारी प्रकट गर्नु पाठो हराउनु र चितुवा कराउनु जस्तो संयोग मात्रै नभई राष्ट्रघाती कदम भएको बताउनु भएको छ । ‌उहाँले भारतीय विस्तारवाद र राष्ट्रिय आत्मसमर्पणवादी प्रवृत्ति विरुद्ध सबै देशभक्त नेपालीहरु एकजुट भएर संघर्ष गर्नु पर्नेमा जोड दिनुभयो ।
उता विद्वान डा.रमेश ढुङ्गेलले सन् १८१६ मा नेपाल र अंग्रेज वीच भएको सुगौली सन्धीमा काली नदी पश्चिमको भू-भागमा अब उप्रान्त नेपालका राजा र उनका उतराधिकारीले दावी नगर्ने भन्ने रहेको र त्यो काली नदी लिम्पियाधुराबाट बग्ने कुटी याङ्री (काली) नदी भएकोले काली नदी र सो पूर्वको भू-भाग नेपालको भएको व्रिटिस लाइब्रेरीमा रहेको नक्सामा स्पष्ट रहेको बताइरहनु भएको छ । त्यो ओरिजिनल नक्सा ल्याउन सरकारले आफूलाई जिम्मा दिए त्यो आफूले ल्याउने उहाँको भनाई छ ।
लिपुलेकमा भारतले सडक बनाएको कार्यको अखिल नेपाल विद्यार्थी यूनियन
, ने.वि. संघ, अखिल(पाँचौँ) लगायतकाले विरोध गरेका छन् ।

़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़

Leave a Reply