पोखरा रोयल साकोस,पोखराले ग-यो शुक्लागण्डकी कोरोना कोषमा रु.२५,००० प्रदान
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.,पोखराले तनहुँको शुक्लागण्डकी नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम , नियन्त्रण र उपचार कोषमा रु.२५ हजार सहयोग प्रदान गरेको जनाएको छ । सो संस्थाका सचिब चन्द्रप्रसाद गुरुङ र प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङलाई एक कार्यक्रमका वीच रु.२५ हजारको चेक हस्तान्तरण गर्नुभयो । कोरोना महामारीका कारण उपचार तथा रोकथाममा सहयोग पु-याउन र लकडाउनका कारण दैनिक रुपमा हातमुख जोड्न समस्या भएका किसान, मजदुर र न्यून आय भएकाहरुको सहयोगार्थ थोरै भएपनि सहयोग गरी हातेमालो गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न हाम्रो यस संस्थाले उक्त रकम सहयोग गरेको त्यसै संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङको भनाई छ ।
त्यस संस्थाले यसभन्दा अगाडि गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना राहत कोषमा ३ लाख ३ हजार र पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा रु.३३ हजार २११ सहयोग गर्ने निर्णय गरिसकेको छ ।
सो चेक ग्रहण गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर गुरुङले पोखरा रोयल साकोसलाई उक्त सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले दाताहरुबाट प्राप्त सहयोग रकमलाई वास्तविक पीडितहरु समक्ष पु-याउने बचनवद्धता प्रकट गर्दै सबैको सहकार्य र सहयोगबाट मात्र महामारीको सामना गर्न सकिन्छ भन्नुभयो । त्यस कार्यक्रममा सोही नगरपालिकाका उप-मेयर सविता रसाईली, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी र प्रवक्ता खिमबहादुर कुमाल लगायतको उपस्थिति रहेको थियो ।
हाल सो सस्थाको पोखराको बुद्धचोकमा प्रधान कार्यालय तथा कास्कीको भण्डारढिक र शिशुवा मोहरिया एवं तनहुँको दुलेगौडामा सदस्य सेवाकेन्द्र सञ्चालनमा रहेको छ । यस संस्थाले यो लकडाउनको विषम परिस्थितिमा पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड र जिल्ला प्रशासन कार्यालयबाट जारी निर्देशनको पालना एवं सहकारी विभाग र सहकारी संघको मार्गदर्शन अनुसार स्वास्थ्य, सुरक्षा र समयको व्यवस्थापन गर्दै आफ्ना सदस्यहरुलाई नियमित रुपमा वित्तीय सेवा प्रदान गर्दै आईरहेको सोही संस्थाका सूचना अधिकारी मीलन ढकालले बताउनुभयो ।

