प्राइम बहुउद्देश्यीय सहकारी संस्था लि.,पोखराले ग-यो आफ्ना कर्मचारी र शेयर सदस्यहरुको कोरोना इन्स्योरेन्स
पोखरा महानगरपालिका-४, गैह्रापाटनमा मुख्य कार्यालय तथा बगर र लेखनाथमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लि.ले हिजो सिद्धार्थ इन्स्योरेन्स लि.मार्फत आफ्ना कर्मचारीहरुको कोरोना इन्स्योरेन्स गरेको सोही संस्थाकी व्यवस्थापक निरु थापाले सहकारी सञ्जाललाई बताउनुभयो । सोही संस्थाका शेयर सदस्यहरुले पनि सो संस्था मार्फत कोरोना इन्स्योरेन्स गरेको उहाँको भनाई छ ।
कोरोना भाइरस संक्रमण विरुद्ध माक्स र पञ्जा वितरण गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेको सो संस्थाले लकडाउनमा पनि आफ्ना शेयर सदस्यहरुलाई वित्तीय लगायतका सेवा प्रदान गरिरहेको छ । बहुउद्देश्यीय कार्य गरिरहेको उक्त संस्थाले आफ्नो कर्मले स्थानीय समुदायमा आधारित रहेर सञ्चालन हुने नमुना संस्थाको परिचय बनाएको देखिएको छ ।
