आज ७ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५०, आजबाट लकडाउनमा कडाई गरिदै

0 Shares

आज विहान काठमाडौं, कपिलबस्तु,धनुषा, सर्लाही र महोत्तरी जिल्लामा गरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी ७ जना सहित नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहान काठमाडौंको चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलबस्तुकी ६ वर्षीया वालिका मा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको केहिबेरपछि नै सर्लाहीको धान्कोल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर उप-महानगरपालिकाका ४० वर्षीय पुरुष र मिथिला नगरपालिकाकी २० वर्षीया महिला तथा महोत्तरीको जलेश्वर नगरपालिकाका १६ वर्षीय पुरुष र बलवा नगरपालिकाका ३५ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको बताइएको छ । आज संक्रमण पुष्टि सबैको अवस्था सामान्य रहनुका साथै उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ । यही
बैशाख ३० गते ८३ र बैशाख ३१ गते २४ जनामा
कोरोना संक्रमण पुष्टि भएको थियो ‌।
यसबेलासम्म पर्सामा ८५, कपिलबस्तुमा ३९ ,उदयपुरमा ३२,रुपन्देहीमा २८, बाँकेमा २५, काठमाडौंमा ७, धनुषा , महोत्तरीमा र कैलालीमा ४/४, सर्लाही, रौतहट र बारामा ३/३ , झापा,चितवन,भक्तपुर र बागलुङमा २/२ तथा भोजपुर, सप्तरी,नवलपरासी, बर्दिया र कञ्चनपुरमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनि संक्रमितहरुमध्ये ३६ जना निको भएर अस्पतालबाट घर फर्के पनि पुन: ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरी उपचार भइरहेको छ ।
पछिल्लो समय काठमाडौं र भक्तपुरमा कोरोना संक्रमित २/२ जना लकडाउनका वीच बाहिरबाट काठमाडौं उपत्यका प्रवेश गरेको जानकारी प्राप्त भएको छ । लगाउनका वीच धेरै मानिसहरु बाहिरबाट काठमाडौं उपत्यका प्रवेश गरेकाले काठमाडौं उपत्यकामा प्रवेश गरिरहेकाले कोरोना संक्रमित संख्या काठमाडौं उपत्यकामा बढ्ने आँकलन गरिएको छ । केही दिनदेखि लकडाउनमा खुकुलो गरिएपनि आजबाट काठमाडौं उपत्यकामा पनि लकडाउनमा कडाई गरिएको छ ।
भारतबाट आएका नेपालीहरुलाई दशगजाको भारतीय भूमिमा नै रोकेर स्वदेश प्रवेश गर्न नदिएपछि लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम चलिरहेको देखिएको छ । यही कारण भारतसँग सीमा जोडिएका अधिकांश जिल्लाहरुमा कोरोना संक्रमण देखिएको छ ,जसका कारण समुदायसँगै , पत्रकार, सुरक्षाकर्मी र नर्स लगायत संक्रमित भगरेको देखिएको छ ।

Leave a Reply