नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २५८ पुग्यो

0 Shares

नेपालमा आज विहान बाँकेका ८ जना र मकवानपुरका १ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । हिजो विहान काठमाडौंको चन्द्रागिरीका १ जना पुरुष, कपिलबस्तुकी ६ बर्षीया वालिका, जो काठमाडौंको महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत विरामी, तथा नवलपरासीका १ जनामा कोरोना भाइरस पुष्टि भएको थियो भने हिजो साँझ काठमाडौंको चन्द्रागिरीका वालक, धादिङका १ जना र धनुषाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो तर हिजो विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समीर अधिकारीले ७ जनामा कोरोना पुष्टि भएको विज्ञप्ति जारी गर्नु भएको थियो । त्यसको केही समयपछि नै उहाँले सो विज्ञप्तिमा उल्लेख भएको विवरण गलत हुन पुगेकोले त्यसलाई सच्याएर अर्को विज्ञप्ति जारी गर्नु भएको थियो , जसमा ३ जना मात्रै कोरोना संक्रमित भएको बताइएको छ ।
कोरोना संक्रमितको संख्या बढेसँगै कोरोना भाइरसको परीक्षण बढाउनु पर्ने आवाज शसक्त रुपमा उठिरहेको छ तर सरकारले काठमाडौं उपत्यकामा १० हजार जनाको पीसीआर(PCR) परीक्षण गर्ने बताइएको छ ।
नेपाल सरकारले गरिरहेको ५३औँ दिनको लकडाउन आज जारी रहँदा काठमाडौं उपत्यका सहितको देशका धेरै स्थानको जनजीवन सुनसान बनिरहेको छ ।अत्यावश्यक कामका लागि साह्रै थोरै सवारी बिधान र मानिसहरु मात्रै सडकमा निस्केको देखिएको छ । देशभरका सबै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले जारी गरेका पास खारेज गरेको गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यका भित्रका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले १५ दिनसम्म आर्थिक लगायतका गतिविधि बन्द गर्न सरकारलाई सिफारिस गरिएको जानकारी प्राप्त भएको छ ।

Leave a Reply