आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले संघीय संसदमा आज अपरान्ह पेश गर्ने
आर्थिक वर्ष २०७७/०७८ को नेपाल सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदमा पेश हुदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा मर्यादित पोशाक लगाएर उपस्थित हुन सांसदहरुलाई आग्रह गरिएको संसद सचिवालय स्रोतको भनाई छ । आजको बैठकमा कुटनीतिक क्षेत्र सहितका
विभिन्न विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिएको बताइएको छ ।
२०७४ सालको संसदीय निर्वाचन पछि बनेको खड्गप्रसाद शर्मा ओली नेतत्वको सरकारको तेस्रो पटक यो नीति तथा कार्यक्रम संघीय संसदमा पेश हुन लागेको हो ।
आजको संघीय संसदमा पेश हुने सो नीति तथा कार्यक्रमको जगमा टेकेर यो नीति तथा कार्यक्रम पारित भएपछि नेपाल सरकारको बजेट अर्थमन्त्रीबाट पेश गरिने भएकोले आज पेश हुने नीति तथा कार्यक्रमलाई उत्सुकतापूर्वक नागरिकहरुले हेरिरहेका छन् । महामारीको रुपमा फैलिरहेको कोरोना कहरले अस्तव्यस्त बनिरहेको नेपालको राष्ट्रिय अर्थतन्त्र , आर्थिक सहितका क्षेत्र र जनजीवनलाई माथि उठाउन सहयोग पुग्ने गरी तथा सञ्चालनमा रहेका योजनाबद्ध विकासका कार्यक्रम र गौरवका आयोजनालाई निरन्तरता दिनु पर्नमा नागरिकहरु जोड दिइरहेको देखिएको छ ।

