राष्ट्रपति भण्डारीबाट नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गर्नुभयो । केहीबेर अगाडि मात्रै प्रस्तुत गरी सकिएको उक्त कार्यक्रममा स्वास्थ्य सेवा ,शिक्षा , उत्पादन र निर्माण कार्यलाई प्राथमिकतामा राखेको देखिएको छ । कोरोनाले अस्तव्यस्त बनाएको अर्थतन्त्रलाई माथि उठाउने कार्यक्रम रहेको देखिएको छ । सार्वजनिक, निजी, सहकारी र समुदायलाई परियोजना सञ्चालनमा लाग्न जोड दिइने उल्लेख छ । यसैगरी अर्ध-रोजगार तथा बेरोजगार व्यक्तिहरु र महिला सहकारीलाई कृषि कार्यमा आकर्षित गरिने छ भने सहकारीलाई एकीकरणलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ । राष्ट्रपति भण्डारीले भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक लगायतको भूमि फिर्ता लिइने र छुटेको अतिक्रमित भूमि समेटिएको नयाँ नक्सा जारी गरिने बताउनुभयो ।
सरसर्ती हेर्दा राम्रै देखिएको सो नीति तथा कार्यक्रमको ठिक ढंगबाट कार्यान्वयन हुनेमा भने शंका रहेको विगतका नीति तथा कार्यक्रमको फितलो कार्यान्वयन देखेकख कतिपय जानकारहरुको भनाई छ ।

