नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
आज विहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ । आज विहान पर्साका २ जना र सिराहाका १ जना पुरुष तथा बर्दिया , चितवन र सर्लाहीका १/१ जना महिला र कपिलबस्तुमा ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । हिजो मात्रै १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसबेला सम्म विश्वमा ४६ लाख २८ हजारभन्दा बढी कोरोना संक्रमित भएका छन् भने १६ लाख ५८ हजारभन्दा बढी कोरोना संक्रमित विरामी निको भएका छन् ।
