लकडाउनको मोडालिटी बदल्दै सरकार, नेपालमा कोरोना संक्रमितको संख्या २६७ जना

0 Shares

सरकारले जेठ ५ गतेपछि पनि लकडाउन थप गर्ने भएको छ । मोडालिटी परिवर्तन गरी लकडाउन थप गर्ने गरी गृहकार्य भइरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीको भनाई छ । कोरोना भाइरस संक्रमितको संख्या बढिरहेकोले मोडालिटी परिवर्तन गरी लकडाउन थप गर्न लागिएको बताइएको छ । कोरोना संक्रमित बढेसँगै परीक्षणको दायरा बढाउदै लगिएको छ तर कोरोना परीक्षण अझैं प्रभावकारी नदेखिएकोले त्यसको परीक्षण दायरालाई प्रभावकारी ढंगबाट बढाउनु पर्ने आवाज उठिरहेको छ ।
हिजो एकै दिन १८ जना कोरोना संक्रमितको संख्या थप भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । हिजो विहान बाँकेमा ८ र मकवानपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने हिजो साँझ नै पर्सामा ४, दाङमा ३ , उदयपुरमा १ र काठमाडौंको सतुङ्गलमा १ जना ७ वर्षीय वालमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत उदयपुरका १ जना कोरोना संक्रमित विरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमितका निको भएका विरामीको संख्या ३६ पुगेको बताइएको छ तर यस अघि निको भएर घर फर्केका मध्ये ३ जनामा कोरोना संक्रमण देखिएसँगै उनीहरुलाई पुन: अस्पतालमा भर्ना गरी उपचार गरिरहेको छ । नेपालमा यसबेलासम्म कोरोना भाइरसका कारण कसैको ज्यान नगएपनि विश्वभर भने ३ लाख ८ हजार भन्दाबढी ज्यान गइरहेको विवरण प्राप्त भएको छ ।
उता काठमाडौंको त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जका ७८ जना स्वास्थ्यकर्मीहरु कोरोना परीक्षण गरिदा ४९ जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकीको रिपोर्ट आइनसकेको बताइएको छ। काठमाडौं चन्द्रागिरी नगरपालिका भित्र कोरोना संक्रमितको संख्या बढेसँगै थानकोट कलंकी मुख्य सडक बाहेक अन्य आवातजावतमा रोक लगाइएको जनाइएको छ ।
उता कोरोना संक्रमित नर्स झापाबाट काठमाडौं आउने क्रममा सिञ्धुलीको बिमानमा खाना खाने क्रममा सम्पर्कमा आएकाहरुको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ तर पनि उनीहरुले १० दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ ।

Leave a Reply