गण्डकी प्रदेश सरकारलाई कास्की जिल्लाका सहकारीकर्मीहरुले बुझाए ध्यानाकर्षण-पत्र
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (COVID-19) का कारण उत्पन्न परिस्थितिले गर्दा सम्पूर्ण जनजीवन कष्टकर भइरहेको परिवेशमा कोभिड १९ को मापदण्ड अनुसार हप्तामा २ दिन कास्की जिल्ला स्थित सहकारी संस्थाहरु सञ्चालन गरी सेवा प्रदान गर्नुपर्ने वाध्यत्मक अवस्था भएकोले २०७७ साल जेठ २ गते जिल्ला सहकारी संघ लिमिटेड, कास्कीका अध्यक्ष रविरमण तिवारीको नेतृत्वमा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेज नारायण अधिकारी, कास्की जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष भेषराज बराल,नेफ्स्कूनका नि:वर्तमान सञ्चालक तथा सहकारी विज्ञ भीमबहादुर गुरुङ, जिल्ला सहकारी संघ लिमिटेड ,कास्कीका वरिष्ठ उपाध्यक्ष वलराम गौतम र वरिष्ठ प्रवन्धक भोजराज घिमिरे तथा कोअपरेटिभ म्यानेजर्स क्लव, कास्कीका संस्थापक अध्यक्ष मिलन ढकाल सहितको सहकारीकर्मीहरुको टोलीले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ समक्ष ध्यानाकर्षण-पत्र वुझाएको जानकारी प्राप्त भएको छ । सो ध्यानाकर्षण पत्र ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले सहकारीकर्कोमीहरु मागप्रति आफू सकारात्मक रहेको र सम्बन्धित निकायलाई निर्देशन गरी कोभिड १९ को मापदण्ड अनुसार सहकारी संस्था सञ्चालन हुने वातावरण बनाउने बताउनु भएको जिल्ला सहकारी संघ लि.,कास्की ले जनाएको छ ।
उक्त अवसरमा जिल्ला सहकारी संघ लिमिटेड ,कास्कीको तर्फबाट गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस रोकथाम,नियन्त्रण तथा उपचार कोषमा प्रदान गर्ने भनी यस अगाडि घोषणा गरिएको रु. १ लाख १ हजार हस्तान्तरण गरिएको थियो ।

