आज रौतहटका थप १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या २९१
आज विहान रौतहटका थप १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ भने ३६ जना कोरोना संक्रमित विरामी निको भएको सोही मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाको भनाई छ । हिजो कोरोना भाइरस संक्रमणबाट सिन्धुपाल्चोकको बाह्रविशेकी २९ वर्षीया ९ दिनकी सुत्केरी महिलाको दु:खद निधन भएको थियो । यसले जनमानसमा त्रास उत्पन्न गरिरहेको देखिएको छ ।
आज ५५औँ दिनको लकडाउन चलिरहेको बेला काठमाडौं उपत्यका सहितका देशका धेरै स्थान सुनसान देखिएका छन् । फाट्टफुट्ट मानिसहरु काम विशेषले बाहिर निस्केको देखिएको छ । सुरक्षाकर्मीहरुले सबै नागरिकहरुलाई घरैमा बसी सुरक्षित रहन अनुरोध गरिरहेका छन् ।
