नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या २ पुग्यो , लकडाउन थप्न ग-यो सरकारलाई उच्च स्तरीय समितिले सिफारिस

0 Shares

आज मृत्यु भएका बाँकेको नरैनापुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवामा कोरोना भाइरस(COVID-19)को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतक ती युवा यही बैशाख ३० गते भारतबाट नेपाल आएपछि उनलाई सो क्वारेन्टाइनमा राखिएका थिए । उनीसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । हिजो मात्रै सिन्धुपाल्चोकको बाह्रविशेकी २९ वर्षीय ९ दिने सुत्केरी
साबित्रा तिमिल्सिना चालिसेको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो । प्रवासमा भने कोरोना संक्रमणबाट दिवंगत हुनेको संख्या ९६ पुगेको सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसबेलासम्म नेपालमा कोरोना संक्रमितको संख्या २९२ पुगेको छ ।
यता उच्चस्तरीय समितिले लकडाउन थप गर्न नेपाल सरकारलाई सिफारिस गरेको जानकारी प्राप्त भएको छ । आजै बस्ने नेपाल सरकार, मन्त्रीपरिषदले लकडाउन सम्बन्धी निर्णय गर्ने बताइएको छ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी साबित्रा तिमिल्सिना चालिसेको निधनमा शोक व्यक्त गर्दै लकडाउनलाई अझै कडा बनाउने बताउनु भएको थियो ।

Leave a Reply