नेपालमा आज थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, लकडाउन आज केही लचक देखियो , एम्बुलेन्सले नियम विपरीत मानिसहरु ओसार्दै

0 Shares

आज रौतहटमा ८ र बारामा १ गरी थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ जना पुगैको छ । तीमध्ये ३६ जना पूर्ण रुपमा निको भएको छैन तर कोरोना भाइरस संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।
यता आज लकडाउनको ५६औँ दिन चलिरहदा काठमाडौं उपत्यका लगायतका स्थानमा मानिसहरुको चहलपहल हिजोको तुलनामा बढी देखिएको छ । विहान १० बजेसम्म तरकारी, औषधी, खाद्यन्न तथा स्टेशनरी लगायतका पसलहरु खुलेका देखिएका छन् भने निजी सवारी साधनहरु पनि हिजोको तुलनामा आज अलि बढी गुडिरहेका छन् । बैंक , सहकारी संघ/संस्था लगायतका वित्तीय संस्थाले सेवा प्रदान गरिरहेका छन् ।
उता विरामी बोक्ने एम्बुलेन्स तथा ट्याक्सीले विरामीको नाममा स्वस्थ मानिसहरुलाई पनि ओसारेको पाइएको छ । विरामी लिएर आएको भने पछि सुरक्षाकर्मीले राम्रोसँग चेकजाँच नगरी विना रोकटोक आवातजावात गर्न दिएकाले त्यसलाई स्वस्थ मानिसहरुले विरामीको बाहनामा दुरुपयोग गरिरहेको देखिएको छ ।

Leave a Reply