पुन: थप ७ जनामा कोरोना संक्रमण पुष्टि , नेपालमा कोरोना संक्रमित ४२७ जना

0 Shares

आज पुन: बाँकेका ६ जना र कपिलबस्तुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर कोरोना संक्रमितको संख्या २० पुगेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । संक्रमित मध्ये ४५ जना निको भएका छन् तर २ जनाको भने दु:खद निधन भयो । आज कोशी विशेष कोरोना उपचार अस्पताल, विराटनगरबाट उदयपुर र भारतका गरी ८ जना कोरोना संक्रमित विरामी निको भई डिस्चार्ज भएको बताइएको छ ।
उता बाँकेको नरैनापुरका ५९ जना कोरोना संक्रमित विरामीलाई नेपाली सेना लगायतको सहयोगमा नेपालगञ्ज लगिएको जनाइएको छ ।
यसैगरी भैरहवास्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीको मदाने गाउँपालिकामा ४१ वर्षीय कोरोना भाइरस संक्रमित विरामीको उपचार भगरेको जनाएको छ । उहाँको निधन भयो भनी सामाजिक सञ्जाल लगायतमा प्रचार भएको थियो ।

Leave a Reply