नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले ग-यो लिम्पियाधुरा- लिपुलेक- कालापानी सहितको भारतद्वारा अतिक्रमित भूमि समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय

0 Shares

आज बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले लिम्पियाधुरा-लिपुलेक- कालापानी सहितको भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको समाचार प्राप्त भएको छ । भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले पेश गर्नु भएको सो भूमि समेटिएको नयाँ नक्सा जारी गर्ने प्रस्ताव उक्त बैठकले पारित गरेको बताइएको छ । यो प्रस्ताव हिजो कै मन्त्रीपरिषदको बैठकले पारित गर्ने चर्चा चलेपनि आज मात्रै पारित भएको हो । ६ महिना अगाडि भारत सरकारले उक्त नेपाली भूमि आफ्नो भएको भन्दै सो भूमि समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि बर्तमान नेपाल सरकारलाई सो भूमि समेटेर नेपालको नक्सा जारी गर्न जनदवाव परिरहेको थियो ।
केही दिन पहिले एक पक्षीय रुपमा भारतले लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडकको उद्घाटन गरेको समाचार सार्वजनिक गरेपछि नेपाल सरकारलाई नेपालको नयाँ नक्सा जारी गर्न चर्को जनदवाव परिरहेको थियो । यतिबेला नेपाल सरकार भारत सरकारसँग कुटनीतिक पहल गरेर वार्ता र संवाद गरी भारतले अतिक्रमण गरेको सबै नेपाली भूमि फिर्ता गर्न लागिपर्न जनदवाव कायमै छ ।

Leave a Reply