सरकारले ग-यो कालापानी-लिपुलेक- लिम्पियाधुरा सहितको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नक्सा सार्वजनिक

0 Shares

नेपाल सरकारले आज कालापानी-लिपुलेक- लिम्पियाधुरा सहित भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले राजधानीमा सो नक्सा सार्वजनिक गर्नुभयो । त्यस अवसरमा मन्त्री अर्यालले
सबै तथ्य र प्रमाणले कालीपूर्वको लिम्पियाधुरा- लिपुलेक- कालापानी सहितको भूमि नेपालको हो भन्ने पुष्टि गरेकोले छिमेकी भारतसँग बार्ता र संवादबाट नेपाल सरकारले सो भूमि फिर्ता लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अब देशभर यही नक्सा प्रयोगमा आऊने छ भन्नुभयो । यो नक्सा भारतले पनि स्वीकार गर्ने उहाँको भनाई छ । ३३५ वर्ग किलोमीटर भूमि समेत समेटिएको नेपालको नक्सा सार्वजनिक भएसँगै विश्व मानचित्र र भाततको मानचित्रमा समेत परिवर्तन हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उक्त नक्सा सार्वजनिक भएसँगै नेपालीहरुले खुशी व्यक्त गर्दै भारतबाट नेपाली भूमि फिर्ता नेपाल सरकारले दह्रो खुट्टा टेकी पहल गर्नु पर्नेमा जोड दिइरहेका छन् ।

Leave a Reply