पुन: १८ जनामा कोरोना संक्रमण पुष्टि , नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३७५

0 Shares

आज साझ पुन: १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाँकेको नरैनापुरका १२, धनुषाका २ तथा झापा, खोटाङ, दैलेख र सुनसरीका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दैलेखको आठबीस नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै ७ वटै प्रदेशमा कोरोना भाइरस फैलिएको छ भने सुनसरीका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालका कञ्चनपुरदेखि झापासम्मका तराईका सबै जिल्लामा कोरोना भाइरस फैलिएको छ । आज एकै दिन ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने बाँकेको नरैनापुरका ५९ जना कोरोना संक्रमित भएका छन् । हिजो बिहान मृत्यु भएपछि बाँकेको नरैनापुरका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा ३४ जिल्लाका ३७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यी मध्ये २ जनाको मृत्यु भएपनि ३६ जना भने निको भएका छन् ।
आज कपिलबस्तुको क्वारेन्टाइनबाट भागेका सबै जनालाई जनालाई प्रहरीले प्रकाउ गरी पुन: क्वारेन्टाइनमा राखेको जनाइएको छ । तिनीहरु भारतबाट आएका हुन् ।
यता कपिलबस्तु लगायतका जिल्लामा कोरोना परीक्षणका लागि किट अभाव भएको सुनिएको छ भने बाँकेको नरैनापुर तथा कपिलबस्तु र रुपन्देहीको सीमावर्ती क्षेत्रका क्वारेन्टाइन क्वारेन्टाइनको मापदण्ड बाहिर रहेको बताइएको छ ।
उता विश्वभर कोरोना संक्रमितको संख्या ४८ लाख ४८ हजारभन्दा बढी छ भने ३ लाख १७ हजार ५ सय भन्दा बढीको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

Leave a Reply