आज १४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कोरोना भाइरस संक्रमित ३९० जना, आजबाट छैटौँ चरणको लकडाउन शुरु
आज पनि झापाको कचनकवल गाउँपालिकामा ९ , सुनसरीको इटहरीका १ र सिमावर्ती क्षेत्रमा कार्यरत १ जना सशस्त्र प्रहरी जवान १ जना तथा कपिलबस्तुको ४ जना गरी १५ जनामा कोरोना भाइरस(COVID-19) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३९० पुगेको छ । यिनीहरु मध्ये ३६ जना निको भएपनि २ जनाको भने दु:खद निधन भयो । रोल्पामा आइसोलेशनमा रहेका १ जनाको निधन भएको समाचार छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गरिएका उनलाई रोल्पा लगिएको बताइएको छ । उनको निधन कोरोना भाइरसले भए नभएको यकिन भई नसकेको जनाइएको छ ।
६० जना कोरोना संक्रमित भएको बाँकेको नरैनापुरलाई अनिश्चित कालका लागि सिल गरिएको जानकारी प्राप्त भएको छ । यसैगरी बारामा पनि केही बेरपछिबाट १५ दिनसम्म निशेधाग्या ्जा्जा्जा्जा्जा्जा्जा्ज््ज्जा्
जारी गरिएको जनाइएको छ । कपिलबस्तुमा लगाइएको निशेधाग्या पनि बढाइएको जनाइएको छ ।
भैरहवामा रहेको क्रिमशन अस्पतालमा उपचाररत गुल्मीको मदाने गाउँपालिकाका ४१ बर्षीय कोरोना संक्रमित विरामीको अवस्था जटिल बनिरहेको बताइएको छ । मदाने गाउँपालिकामा रहेको एक विद्यालयका प्रधान अध्यापक रहनु भएका उहाँको भेन्टिलेटरमा सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ ।
यसैगरी नुवाकोटको विदुरस्थित जिल्ला अस्पतालका २ जना नर्समा -यापिड परीक्षणको कोरोना पोजेटिभ देखिएकोले उनीहरुको पीसीआर परीक्षणका लागि नमुना काठमाडौं लगिएको जानकारी प्राप्त भएको छ ।
आज विहान १० बजेसम्म विश्वभर संक्रमितको संख्या ४८,९४,२२२ जना , निको भएका कोरोना संक्रमितको संख्या १९,०८,०६५ जना र कोरोना संक्रमित मध्ये मृत्यु हुनेको संख्या ३,२०,१८१ पुगेको सञ्चार माध्यमहरुले जनाएका छन् ।
उता आजबाट छैटौँ चरणको लकडाउन शुरु भएको छ । ५७औँ दिनको लकडाउन चलिरहँदा अत्यावश्यक काममा निस्केर सवारी साधन मात्र काठमाडौं उपत्यका सहितका देशका धेरै स्थानका सडकमा चलेका छन् भने फाट्टफुट्ट पैदलयात्री सुरक्षित तवरबाट अत्यावश्यक काममा हिडेको देखिएको छ ।

