पुन: थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ४०२
आज पुन: काठमाडौंमा ३,सर्लाहीमा २ तथा सिन्धुली, मोरङ,नवलपरासी,लमजुङ,भक्तपुर,ललितपुर,मकवानपुर र रामेछापका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज विहान झापाको कचनाकवल गाउँपालिकाका ९, सुनसरीको इटहरीका १८ वर्षीय १ युवा र सीमा क्षेत्रमा कार्यरत १ जना सशस्त्र प्रहरी जवान तथा कपिलबस्तुका ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । यीसँगै आज देशभर थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा ३६ जिल्लाका ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजसम्म ३७ जना निको भएका , २ जनाको निधन भएको र विभिन्न अस्पतालमा ३६३ जनाको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्याई मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जनाएका छन् । स्वेच्छाले कोरोना भाइरसको पीसीआर परीक्षण गर्न चाहनेले शुल्क तिरी पीसीआर परीक्षण गर्न सकिने व्यवस्था गरिएको डा. देवकोटाको भनाई छ ।
उता झापाको कचनाकवलमा हिजो १ र आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सो गाउँपालिकाको भारतको देवानगञ्जसँग सिमा जोडिएका स्थानमा सिल गरिएको जनाइएको छ ।
उता नेपाली सेनाले चीनबाट खरिद गरी नेपाल वायुसेवा निगमको जहाजबाट स्वास्थ्य सामाग्री काठमाडौंमा ल्याएको जनाइएको छ ।

