धनकुटामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
धनकुटामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भ एको जानकारी प्राप्त भएको छ । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको स्वाव परीक्षणका क्रममा तिनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । यस अगाडि धनकुटा जिल्ला अस्पतालकी नर्सलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यी ५ जनासँगै आज विभिन्न जिल्लाका ३२ जना कोरोना संक्रमित भएका छन् । देशभरका ३६ जिल्लाका ४०७ जना कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यता स्वाव संकलन गर्न गएका चिकित्सक पनि कोरोना भाइरस संक्रमित भएको जनाइएको छ ।

