आज थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ४२०

0 Shares

आज कपिलबस्तुका १२ र सुस्ता-बर्दघाट पश्चिम नवलपरासीका १ जना कोरोना संक्रमण पुष्टि भएको जानकारी प्राप्त भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणबाट उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताइएको छ ‌। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२० पुगेको छ । यीमध्ये २ जनाको मृत्यु भएपनि ३७ जना भने पूर्ण रुपमा निको भई अस्पतालबाट डिस्चार्ज भई घर फर्किए ।
यता काठमाडौं उपत्यकामा २२ जनामा कोरोना भाइरस संक्रमित रहेपनि तिनीहरुको ठेगाना थाहा नहुँदा अफ्ठ्यारो भएको बताइएको छ ‌।
उता आज ५८औँ दिनको लकडाउन चलिरहँदा आज पनि काठमाडौं उपत्यका सहित धेरै स्थान सुनसान छन् । अति आवश्यक काममा मात्रै मानिसहरु घर बाहिर निस्किएको देखिएको छ ।

Leave a Reply