झापा , धनकुटा र सुनसरीका थप १७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमित ४४४

0 Shares

झापाको कचनाकवल , धनकुटा र सुनसरीका क्रमश: थप १५ ,१ र १ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यीसँगै नेपालका ३८ जिल्लाका कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । यीमध्ये ४५ जना निको भए भने २ जनाको चोला सकियो ।
यसबेला सम्म नेपालमा आरडीटी र पीसीआर(PCR) गरी १,१०,५६६ जनाको कोरोना परीक्षण गरिएको बताइएको छ ‌।
विश्वभर ५० लाख ८४ हजार ९ सय १८ भन्दा बढी, २० लाख २१ हजार ७ सय ३४ भन्दा बढी निको भए भने ३ लाख २९ हजार ७ सय १८ बढीको मृत्यु भएको छ ।
आज ५९औँ दिनको लकडाउन चलिरहदा यसको प्रभाव काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानहरुमा परिरहेको छ । विहान १० बजेसम्म खाद्यन्न सहितका अत्यावश्यक सामाग्रीका पसल खुलेकाले नागरिकहरु आवश्यक सामाग्री खरिद गरिरहेका छन् ।

Leave a Reply