अम्पुन आँधीबाट भारत र बंगलादेशका ८० जना भन्दा बढीको मृत्यु
बंगालको खाडीमा आएको शक्तिशाली अम्पुन आँधीबाट बंगालको खाडीको तटीय क्षेत्र तथा आसपासका भारत र बंगलादेशमा धेरै धनजनको क्षति भएको सञ्चार माध्यमहरुले जनाएका छन् । सो आँधीबाट भारत र बंगलादेशका ८० जनाभन्दा बढीको मृत्यु भई सकेको छ । कोरोना भाइरसको महामारीका कारण भात र बंगलादेशको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमख व्यवस्थापन गर्न कठिनाइ उत्पन्न भएको बताइएको थियो । 
आँधी धेरै शक्तिशाली भएकाले यसले पूर्वी भारत र बंगलादेशमा धेरै ठूलो नोक्सानी पु-याउन सक्ने जानकारहरुको भनाई छ । यसको प्रभाव नेपालमा खासै नपर्ने तर यसले नेपालको पूर्वी क्षेत्र लगायतमा वर्षा भने हुने जनाइएको छ ।

