गुल्मीका कोरोना संक्रमित प्रधानाध्यापकको मृत्यु , नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

0 Shares

रुपन्देहीको भैरहवा (मणिग्राम)स्थित क्रिमसन अस्पतालमा कोरोना भाइरस संक्रमित भई उपचाररत गुल्मीको मदाने गाउँपालिकाको एक विद्यालयका ४१ बर्षीय प्रधानाध्यापकको आज विहान ८:१० बजे दु:खद निधन भएको खबर प्राप्त भएको छ । यतिबेला उहाँको शब व्यवस्थापनको प्रक्रिया अगाडि बढाउने प्रक्रिया शुरु गरिएको जनाइएको छ । उहाँको निधनसँगै प्रदेश नं. ५ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ र देशभर ३ जना पुगेको छ । यस अगाडि सिन्धुपाल्चोकको बाह्रविशेकी २९ वर्षीय ९ दिनकी सुत्केरी युवती र बाँकेको नरैनापुरका २५ वर्षीय युवाको निधन भएको थियो ।
यसबेलासम्म नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ भने ४५ जना निको भएका छन् ।

Leave a Reply