आज पुन: झापाका ८ र रुपन्देहीका १ जनामा कोरोना संक्रमण पुष्टि,

0 Shares

आज पुन: झापाको कचनाकवलका ८ जना र रुपन्देहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. विकाश देवकोटाको भनाई छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । यीमध्ये ३ जनाको दु:खद निधन भएको छ । आज काठमाडौंको टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालबाट कोरोना संक्रमित ४ जना विरामी निको भएर डिस्चार्ज हुनुभएको डा.देवकोटाले बताउनु भएको छ । यससँगै देशभर निको भएका कोरोना भाइरस संक्रमितकोको संख्या ४९ पुगेको छ ।
आज पुष्टि भएसँगै झापाको कचनाकवलमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ भने झापामा ३५ जनामा कोरोना भाइरस संक्रमण भएकोमा दमक र बाह्रदशीका २ जना निको हुनुभएको छ । आजबाट झापाको कचनाकवलसँगै विर्तामोडमा पनि सुरक्षामा निकै कडाई गरिएको जानकारी प्राप्त भएको छ ‌।
उता भारतको रक्सौलमा रहेका नेपालीहरुले ५० दिनसम्म पनि क्वारेन्टाइनमा बस्ता पनि स्वदेश फर्किन नपाएको भन्दै आक्रोस व्यक्त गर्दै स्वदेश फर्किन पाउनु पर्ने माग राखी नाराबाजी गरेको सञ्चार माध्यमहरुले जनाएका छन् । जमुना नाकाबाट भने हिजो साँझबाट भारतको सीमानामा रहेका ३ हजार जति नेपालीहरु स्वदेश प्रवेश गरेको जानकारी प्राप्त भएको छ ‌।

Leave a Reply