आज थप २५ जना संक्रमित, नेपालमा कोरोना संक्रमित ५४८, ६१औँ दिनको लकडाउनले जनजीवन प्रभावित
आज पुन: २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जस अनुसार सर्लाहीका १३, कपिलबस्तुका ८, रुपन्देहीका ,,बारा, चितवन र काठमाडौँका का १/१ जना छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । यीमध्ये ७० जना निको भए भने ३ जनाको मृत्यु भयो ।
उता भारतको सीमावर्ती क्षेत्रमा रहेका ठूलो संख्यामा नेपाली नागरिकहरुलाई कैलालीको गैह्रीफण्टा नाकाबाट नेपाल प्रवेश गराएको खबर छ तर सप्तरी लगायतका सीमावर्ती जिल्लामा भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएको बताइन्छ ।
यता ६१औँ दिनको लकडाउन चलिरहदा आज पनि जनजीवन प्रभावित भइरहेको छ । विहान १० बजेसम्म किराना लगायतका अत्यावश्यक सामाग्रीका पसल खोल्न दिएकाले नागरिकहरुले आवश्यक सामाग्री किनमेल गरिरहेको देखिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरु सहित कोरोना संक्रमित स्थानहरु सिल गरिएको खबर छ तर सरकारले तोकेको मापदण्ड अनुसार मोरङ-सुनसरी करिडोरका प्रायजसो उद्योगहरु सञ्चालन भइरहेको खबर छ । सहकारी , बैक तथा वित्तीय संस्थाहरुले पनि प्रतिकुलताका बाबजुद पनि सरकारले तोकेको मापदण्ड पालना गरी वित्तीय सेवा प्रदान गरिरहेको देखिएको छ ।
विश्वभर संक्रमितको ५३ लाख भन्दा बढी, मृत्यु हुनेको संख्या ३,३९,४०० भन्दा बढी र निको हुनेको संख्या २१लाख ५० हजारभन्दा बढी छन् ।

