आज साँझ बाँकेका २ र कपिलबस्तुका १ जनामा कोरोना भाइरस पुष्टि, नेपालमा कोरोना संक्रमित ४५६ जना

0 Shares

आज साँझ बाँकेका २ जना र कपिलबस्तुका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी प्राप्त भएको छ । यी तीन सहित आज मात्रै कोरोना भाइरस संक्रमितको संख्यख २९ पुगेको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५६ पुगेको छ । यी मध्ये आज काठमाडौंका २ र भक्तपुरका २ जना काठमाडौंको टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालबाट पछिल्लो २ पटकको स्वाव परीक्षणमा कोरोना भाइरसको नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भएसँगै ४९ जना कोरोना संक्रमित विरामी निको भएका छन् तर कोरोना संक्रमणबाट रुपन्देहीको भैरहवा(मणिग्राम) स्थित क्रिमशन अस्पतालमा आज विहान निधन भएका गुल्मीको मदाने गाउपालिकाको एक विद्यालयका ४१ वर्षीय प्रधानाध्यापक सहित ३ जनाको मृत्यु भएको छ ।

Leave a Reply