नेपालको नयाँ नक्सा राख्नलाई निशान छाप बदल्न संविधान संशोधन गर्ने नेपाल सरकार, मन्त्री परिषदको निर्णय

0 Shares

आज बसेको नेपाल सरकार ,मन्त्रीपरिषदको बैठकले हालै जारी भएको नेपालको अध्यावधिक नक्सालाई राख्नलाई निशान छाप परिवर्तन गर्न नेपालको संविधान,२०७२ को दोस्रो संशोधन गर्ने निर्णय गरेको बताइएको छ । आजै सरकारले नेपालको संविधान,२०७२ को दोस्रो संशोधन प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता गरेको जानकारी प्राप्त भएको छ । सो प्रस्ताव यही जेठ १३ गते बस्ने संघीय संसदको बैठकमा पेश गरिने कार्यक्रम रहेको जनाइएको छ । निशान छाप भित्र नेपालको नक्सा राखिने बताएको छ ‌।

यता भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले हालै जारी भएको नेपाल अध्यावधिक नक्सा राष्ट्रपति विद्यादेवी भण्डारी, उप-राष्ट्रपति नन्दबहादुर पुन र नेपाली कांग्रेसका सभापति तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गर्नु भएको जनाइएको छ ‌। सो नक्सा राजपत्रमा प्रकाशन गरिएको छ भने यो नक्सा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने छ ।

……..…………………………….

Leave a Reply