सहकारीमार्फत उत्पादन

0 Shares

– राजेन्द्र पौड्याल , सहकारी प्रशिक्षक

१. वित्तिय सहकारी संघ र संस्था वित्तीय मध्यस्थकर्ता मात्रै हुन्। यिनीहरुबाट संस्थागत प्रत्यक्ष उत्पादन गर्न सकिंदैन ।
२. प्रारम्भमा सम्भावना विश्लेषणका आधारमा गैर वित्तीय सहकारीहरुलाई कम्मोडिटिवाईज उत्पादनको जिम्मेवारी दिने ।
३. जिल्लास्तरीय सहकारी संघहरुले प्रारम्भिक सहकारी संस्थामार्फत प्राप्त भएको उत्पादनहरुको प्रोसेसिंग, ग्रेडिंग, वा भ्यालु याडिंगको काम गर्ने ।
४. केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी महासंघ लि.ले उत्पादक किसानहरुले better price पाउने गरी राष्ट्रिय अन्तराष्ट्रिय बजारीकरण गर्ने ।
५. राष्ट्रिय सहकारी बिकास बोर्डले निरन्तर स्तरीय अनुसन्धान विकास गर्ने र माथि उल्लेखित १,२,३,४ बमोजिम काम गर्न सहज हुने कानून व्यवस्था गर्ने।
६.राष्ट्रिय सहकारी महासंघ लि.ले सहकारी दर्शन, मूल्य र सिध्दान्तमा आधारित संघ संस्था प्रवर्द्धन र विकास गर्ने र सहकारी पहिचानका अभिव्यक्तिहरुको निष्ठापूर्वक सुरक्षा गर्ने
(पौड्याल राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक हुनुहुन्छ ।)

……………………………….

Leave a Reply