बाँकेको नरैनापुर कोरोना नियन्त्रण बाहिर जाने खतरामा, घरैमा बसेर रोजा मनाउन मुस्लिम समुदायलाई सरकारको आग्रह

0 Shares

पछिल्लो समय कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको बाँकेको नरैनापुरको अवस्था गम्भीर बन्दै गइरहेको देखिएको छ ‌ त्यहाँ कोरोना महामारी नियन्त्रण बाहिर जाने सम्भावना बढेको देखिएको छ । नरैनापुर गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, बाँकेलाई पत्र पठाई थप स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पठाई नरैनपुरमा कोरोना नियन्त्रणका लागि यथासक्य पहल गर्न माग गरेको छ । त्यहाँ पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
यता हिजो साँझ रुपन्देहीका ४, कपिलबस्तुका २ र गुल्मीको मदाने गाउँपालिका १ जना गरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५९१ पुगेको जनाइएको छ । यीमध्ये रुपन्देहीका कोरोना उपचार अस्पताल, भैरहवाबाट १० जना र नारायणी उपक्षेत्रीय अस्पतालबाट ७ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुने कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । कोरोना संक्रमणबाट स्वदेशमा ३ र विदेशी भूमिमा ११७ जना नेपालीको मृत्यु भएको जशाइएको छ । यस्तै काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालका १ जना कर्मचारी र काठमाडौंकै महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचाररत हेटौडाका १ जना विरामीमा कोरोना संक्रमण पुष्टि भएसँगै ग्राण्डी अस्पताल र मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टर सिल गरी ट्रेसिङ गरी परीक्षण दायरा बढाइएको छ ।
यसैगरी विश्वशनीय नरहेको र्यापिड किट १ लाख परिणाम खरिद गर्ने प्रक्रिया सरकारले अगाडि बढाएको जनाइएको छ । पीसीआर किट ल्याएर कोरोना परीक्षण दायरा बढाउनु पर्ने माग गरिरहेका नागरिकहरुले सरकारले पुन: र्यापिड किट खरिद प्रक्रिया अगाडि बढाएको कार्यप्रति असन्तुष्टि जनाएका छन् ।
लकडाउनको ६२औँ दिनमा आज पनि काठमाडौं उपत्यका सहित देशभरको जनजीवन प्रभावित छ । अत्यावश्यक सेवा बाहेक सबै बन्द छ । अत्यावश्यक काममा बाहेक मानिसहरु घरबाट बाहिर निस्केको देखिएको छैन । विहान खुलेका अत्यावश्यक पसलमा मानिसहरु आवश्यक सामान किनमेल गरिरहेका छन् ।

यता मुस्लिम समुदायलाई आफ्नो पवित्र पर्व रमाजान इद उल फित्र घरैमा बसेर सुरक्षित तवरले प्राथना गरी मनाउन सरकारले आग्रह गरेको छ । सरकारले रोजाको अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिएको छ ।
उता समयमा उपचार हुन नसकेपछि संखुवासभाको खाँदबारी नगरपालिका पाङ्ठाकी गंगा कार्कीको हिजो काठमाडौंको थापाथलीस्थित परोपकार तथा प्रसुती गृहमा निधन भएको खबर छ ।

Leave a Reply