विश्वमा कोरोना संक्रमित बढे पनि मृत्यु दर भने घट्दै,

0 Shares

विश्वमा कोरोना संक्रमितको संख्या बढेपनि मृत्युदर भने घट्न थालेको छ । कोरोना भाइरसका कारण दैनिक ५ हजारभन्दा बढीको मृत्यु हुदै आए पनि विगत केही दिनयता भने त्यसमा क्रमश: घट्ने क्रम देखिएको छ ।
संक्रमितको संख्या ५५ लाख नजिक , निको भएका २३ लाख भन्दा बढी र संक्रमित मृत्यु हुनेको संख्या ३,४६,००० भन्दा बढी पुगेको छ ्््््््््््््््््््््््््््््््््। भारतमा संक्रमितको संख्या १,३८,००० भन्दा बढी र मृत्यु हुनेको संख्या ४,०२४ भन्दा बढी , संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या १६,२३,००० भन्दा बढी र मृत्यु हुनेको संख्या ९९,००० भन्दा बढी छ भने चीनमा कोरोना संक्रमित विरामीको संख्या ७९ र मृत्यु हुनेको संख्या ३ छ । हिजो संसारभर मृत्यु हुनेको संख्या १,४३,००० थियो । हिजोसम्म नेपालमा ४१ जिल्लाका कोरोना भाइरस संक्रमितको संख्या ६०३ पुगेको छ भने उपचार पछि निको हुने विरामीको संख्या १०५ पुगेको छ ‌। हिजो नारायणी उपक्षेत्रीय अस्पतालबाट पर्साका १८ जना कोरोना संक्रमित विरामी निको भएर डिस्चार्ज भएका थिए ।
समयमा अस्पतालमा पु-याउन नसक्ता कोरोना भाइरसका कारण नेपालमा ३ जनाको ज्यान गयो ‌। त्यसपछि भने कोरोना संक्रमितको संख्या बढेसँगै उपचारपछि निको भएर अस्पतालबाट घर फर्किने संख्या बढिरहेको छ ।
हिजो पर्साका ३, रुपन्देहीका २ तथा कपिलबस्तु, नुवाकोट, काठमाडौं (काठमाडौंको सोह्रखुट्टे खुशिवुका ६९ वर्षीय पुरुष), बारा, पर्सा, मोरङ , सर्लाही र रोतहटका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज ६३औँ दिनको लकडाउनले काठमाडौं उपत्यका सहित शहरी क्षेत्रको जनजीवन प्रभावित बनेको छ । सुरक्षा व्यवस्था कडा गरिएकोले अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैन भने अत्यावश्यक काममा बाहेक मानिसहरु घर बाहिर निस्केका छैनन् ।

Leave a Reply