कोरोना भाइरसले इस्लाम धर्मावलम्वीहरु घरैमा बसेर प्राथना गरी इद उल फित्र मनाउदै
महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणका कारण इस्लाम धर्मावलम्वीहरुले यस पटक विगतको भन्दा फरक ढंगबाट मनाइरहेका छन् । उनीहरु मध्ये धेरैले घरैमा बसेर प्राथना गरी रोजा मनाइरहेका छन् । हिजो इद उल फित्र हिजो पर्ने भनिएपनि हिजो मात्रै चन्द्रमा देखिएकोले आज मनाइदै छ । नेपार सरकारले आज इद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिएको छ । इद उल फित्रको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी , उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली,सभामुख अग्निप्रसाद सापकोटा,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ,नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतले शुभकामना व्यक्त गर्नुभयो ।
आज जामे लगायतका मस्जिदहरुमा बढीमा १० जनासम्म जम्मा भएर प्राथना गरिएको बताइएको छ । मुस्लिम समुदायमा इद उल फित्रको अवसरमा आर्थिक विपन्न व्यक्तिहरुलाई दान दक्षिणा दिने चलन रहेको बताइने गरेको छ । एक महिनासम्मक़ रमजानको समापनमा प्राथना गरी मान्यजनबाट आशिर्वाद लिनुका एक आपसमा शुभकामाना आदान प्रदान गरी मुस्लिम समुदायले मनादै गरेको इद उल फित्रको अवसरमा अफगानस्धानका तालिवान विद्रोहीले ३ दिन युद्धविराम गरेको खबर छ ।

