आज थप ७२ जनामा कोरोना संक्रमित, जेठ ४ गते मृत्यु भएका बाराका ७० बर्षीय जेष्ठ नागरिकमा कोरोना संक्रमण पुष्टि, अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालनको तयारी हुँदै
आज थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको टोखा नगरपालिकाका ३, रौतहटमा २६ जना , बाराको गडिमाइका २१ तथा कलैयाका २, दैलेखका ७(१ महिला सहित) , बाँके ४ , बर्दियामा १,कपिलबस्तुका ३,सप्तरीको डाक्नेश्वरीका २ र धनुषामा ३ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । उपचारपछि निको हुने कोरोना कोरोना भाइरस संक्रमितको संख्या १०५
पुगेको बताइएको छ ।
उता यही जेठ ४ गते बीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएका ७० बर्षीय जेष्ठ नागरिकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी प्राप्त भएको छ । उहाँको यस अगाडि नै दाह संस्कार भइसकेको छ । आज नेशनल मेडिकल कलेज सिल गरिएको बताइएको छ । 
यसैगरी बुटवल अस्पतालबाट रिफर भई आएका एक विरामीको हिजो राती मृत्यु भएको खबर छ । उहाँको पीसीआर रिपोर्ट आउन बाँकी रहेकोले मृतकको शव भरतपुर अस्पतालमै रहेको जनाइएको छ ।
उता नेपाल सरकारले हवाई उडान सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ । हवाई उडान बन्द हुँदा
विदेशमा रहेका धेरै नेपाली अलपत्र परेका छन् भने नेपालमा रहेका विदेशी पर्यटक पनि आफ्नो देश फर्किन नपाएर नेपालमै रहेका छन् ।

