निको भएका कोरोना संक्रमितको संख्या १५५, नेपालमा कोरोना संक्रमित ६८२ पुगै
आज उपचारपछि थप ५० जना कोरोना संक्रमित विरामी उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्जबाट ४३,ललितपुरको पाटन अस्पतालबाट ५, काठमाडौंको टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालबाट १ र कपिलवस्तुको तौलिहवा अस्पतालबाट १ जना स्वास्थ्यकर्मी हुनुहुन्छ । यीसँगै उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या १५५ पुगेको छ । यता बीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका क्षयरोगका विरामी सहित कोरोना संक्रमितको संख्या ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.वाकाश देवकोटाको बताउनु भएको छ । यसैगरी आज अपरान्ह पुष्टि भएका अछामका १,वर्दियाको गुलरिया का ३, पर्साका १ र बारामा कार्यरत काठमाडौं महानगरपालिका १५ का १ मा कोरोना संक्रमण पुष्टि भएको छ र बीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका बाराका ७० बर्षीय जेष्ठ नागरिक समेत गरी ४२ जिल्लाका ८० जना महिला सहित ६८२ जनामा कोरोना भाइरस(COVOD-19)संक्रमण भएको डा. देवकोटाको भनाई छ । आजै काठमाडौंको टोखा नगरपालिका ३ र ६ का १/१ जना किराना पसले र बुढानिलकण्ठ नगरपालिकाका १ सहित ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताइएको थियो ।
