जेठ मसान्तसम्म थपिएसँगै लकडाउनप्रति नागरिकहरुको असन्तुष्टि बढ्दै

0 Shares

भारत सरकारले यही जुन २० तारेकसम्म लकडाउन लम्ब्याएसँगै हिजो नेपाल सरकारले पनि यही जेष्ठ ३२ गतेसम्म लकडाउन थप गर्ने निर्णय ग-यो तर नेपाल सरकारले लकडाउनका कारण घरैमा बस्न विवश कमजोर आर्थिक अवस्था भएका आफ्ना नागरिकहरुको जीवन सहज बनाउने कार्य नगर्दा श्रमजीवी नागरिकहरुको जीवन कष्टप्रद बन्दै गएपछि लकडाउनप्रति नागरिकहरुको असन्तुष्टि बढ्दै गएको देखिएको छ । आज ६९औँ दिनको लकडाउन जारी रहदा नागरिकहरुले लकडाउनको उलंघन गरेको देखियो । आज विहान काठमाडौंको पुरानो सिनामंगल (पेप्सीकोला)का पसलेहरुले सुरक्षाकर्मीहरुसँग प्रतिवाद गरी पसल खोलेको जानकारी प्राप्त भएको छ । अन्यत्र पनि मानिसहरु आ-आफ्नो काममा घर बाहिर निस्किएको देखियो । भोकले तड्पिएर बाँच्नुभन्दा कोरोना लागेर मर्नु नै बेश भन्ने आवाज पनि सुन्न थालिएको छ ‌। लकडाउनका कारण आर्थिक रुपले समस्या पर्न थालेसँगै चिन्ता रोगीहरु बढिरहेको देखिदैछ । ्््््््््

Leave a Reply