क्वारेन्टिन मृत्यु स्थल बन्दै

0 Shares

भारतबाट स्वदेश फर्किएर क्वारेन्टिनमा बसिरहेका नेपाली नागरिकहरुको मृत्यु हुने क्रम बढिरहेको छ । आज पनि बाजुराको मष्टास्थित क्वारेन्टिनमा रहेका १ जना ६५ वर्षे जेष्ठ नागरिक र चितवनको माडी स्थित क्वारेन्टिनमा रहेका १ जनाको भरतपुरस्थित १ अस्पतालमा मृत्यु भएको खबर छ । यस अगाडि डोल्पा,कैलाली, सुर्खेत,दैलेख, बाँके लगायत जिल्लामा रहेका क्वारेन्टिनमा रहेका भारतबाट स्वदेश फर्किएका नेपालीहरुको निधन भएको छ । क्वारेन्टिनमा बस्ने क्रममा आज मृत्यु भएका चितवन र बाजुराका १/१ जनाको स्वाव निकालेर परीक्षण गर्ने तयारी भइरहेको जनाइएको छ । यस अगाडि मृत्यु भएका कैलाली र डोल्पाका १/१ जनाको मृत्यु पछि गरिएको स्वभाव परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाको भनाई छ । हिजो मात्रै कोरोनाको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टिनबाट घर गएपछि मृत्यु भएका भारतबाट फर्केका सूर्खेतका एक पुरुषको स्वावको पीसुइर परीक्षणमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको बताइएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका १३ जना मध्ये ११ जनाको मृत्युपछि मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
आधिकांस क्वारेन्टिनको अवस्था खराव रहेको भन्दै जनस्तरबाट विरोध भइरहेको छ ‌। आजै राष्ट्रिय मानव अधिकार आयोगले क्वारेन्टिनको गुणस्तर सुधार गरी क्वारेन्टिनमा रहेका आफ्ना नागरिकहरुको मानव अधिकारको रक्षा गर्न नेपाल सरकारलाई निर्देशन गरेको छ ।

Leave a Reply