भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा जुम मार्फत अन्तर्क्रिया कार्यक्रम सम्पन्न
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा जुममार्फत २०७७ जेष्ठ १८ गते ‘महामारीको अवस्थामा सहकारीको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको संयोजन सोही संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले गर्नु भएको थियो । उहाले हालको अवस्थामा संघको तालिम , शिक्षा तथा सूचनाको निरन्तरताको लागि जुम प्रविधिमार्फत सुसूचित गर्ने उद्देश्यले कार्यक्रम राखिएको बताउनु भयो । सो संघका व्यवस्थापक बालकृष्ण धोजुले महामारीको अवस्थामा सहकारीको भूमिकाको
प्रस्तुतीकरण गर्दै सहकारी व्यवसाय संकटको बेला सशक्त हुने कुरा बताउनु भयो । उहाँले महामारीले सहकारी व्यवसायलाई पारेको असर, सहकारी निकाय र अभियानले यस विषम परिस्थतिमा खेलेको भुमिका, आगामी दिनमा सहकारीका कर्मचारी, सदस्य तथा
नियमनकारी निकायले खेल्नुपर्ने भूमिका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । उहाँले सो प्रस्तुतीकरणमा सरकारको जारी बजेटमा सहकारीका लागि भएको व्यवस्थाबारेमा पनि समावेश गर्नु भ एको थियो । उक्त कार्यक्रमका टिप्पणीकर्ता तथा नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले प्रस्तुतीकरणको विषयमा टिप्पणी गर्दै भेग विषय बस्तुमा पनि विषय बस्तु उत्थान गर्न सफल भएकोमा धन्यवाद दिदै आगामी दिनमा एउटा-एउटा विषयमा शुक्ष्म ढंगबाट
विश्लेषण गर्दै जानुपर्ने सुझाब राख्नुभयो । त्यस कार्यक्रममा ६१ जनाको सहभागिता रहेको आयोजकको भनाई छ । कार्यक्रममा उठेको जिज्ञासाको संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले, व्यवस्थापक बालकृष्ण धोजुले सहजिकरण गरी जवाफ दिनु भयो । ब्राण्ड प्राप्त
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक एंव संघका संस्थापक अध्यक्ष राजेन्द दुमरु र बाराही बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक शिवजी हाकुदुवालले असल अभ्यासका अनुभाव बताउनुभयो । कार्यक्रमका सहभागीहरुले हालको परिस्थीतिमा ऋण लगानी, ऋण असुली र व्याज उठाउने विषयमा चिन्ता व्यक्त गर्नुभयो भने कर्मचारीहरुको सेवा सुविधालाई कसरी व्यवस्थापन गर्ने विषयमा पनि चिन्तन गरेको पाइयो ।

