गाम्चा साकोस र सगरमाथा इन्स्योरेन्स क.लि. वीच कोरोना वीमा सम्झौता
भक्तपुरको सूर्यविनायक नगरपालिका-४,गाम्चा चोकमा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. र सगरमाथा इन्स्योरेन्स क.लि. वीच आज कोरोना वीमा सम्झौता भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(COVID-19)को संक्रमण नेपालमा पनि तीव्र गतिमा फैलिरहेको बेलामा पनि उच्च मनोवलका साथ सामाजिक दुरी कायम गरी संस्थाका शेयर सदस्यहरु वित्तीय सेवा प्रदान गरिरहेका आफ्ना कर्मचारीहरुको गाम्चा बचत तथा ऋंण स.स.लि.ले कोरोना वीमा गरेको हो । उक्त कोरोना वीमा सम्झौता-पत्रमा सोही संस्थाका अध्यक्ष विकाश खड्का र सगरमाथा इन्स्योरेन्स कम्पनी लि.का अधिकृत गोकर्ण न्यौपाने हस्ताक्षर भएको छ।

गाम्चा चोकमा गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.ले बहुउद्देश्यीय सुविधा सम्पन्न भवन निर्माण गरेको छ ।

