FEDCON र NCA को संयुक्त भर्चुअल जुम कार्यक्रम सम्पन्न
देश तथा परदेशका विभिन्न भागमा रहनु भएका नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ(FEDCON) सँग सम्बद्ध विभिन्न व्यक्तित्व तथा नेशनल को-अपरेटर्स एलायन्स, नेपाल (NCA) सँग सम्बद्ध बिभिन्न व्यक्तित्वहरु बीचमा कोरोना महामारीको प्रतिकुल अबस्थामा बर्तमान सरकारले प्रस्तुत गरेको बजेट, स्वास्थ्य तथा कोरोनाको बिषय, बैंक, बित्तीय संस्था, वीमा तथा सहकारी र शिक्षाको विषयमा बिज्ञहरुबाट प्रस्तुती एबम् छलफल गर्नका लागि नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ , बित्तीय वीमा सहकारी समन्वय समिति तथा नेशनल को-अपरेटर्स एलायन्स, नेपालको तर्फबाट संयुक्त रूपमा २०७७ जेष्ठ १७ गते दिउसो ठिक ४.० बजे शुरु भै ७.३० बजेसम्म जूम (Zoom) कार्यक्रम सम्पन्न भयो । उक्त Zoom कार्यक्रममा सहभागी बिशिष्ट अतिथिहरुले अर्थतन्त्र र बजेट , कोरोना र स्वास्थ्य , सहकारी तथा शिक्षा सम्बन्धी प्रस्तुती गर्नु भएको थियो । कार्यक्रममा बिशिष्ट अतिथिहरु अर्थबिद प्रा.डा. गोविन्दराज पोख्रेल , वरिष्ठ मुटु रोग विशेषज्ञ डा. मनबहादुर के सी, सहकारी विज्ञ डा. ज्ञानेन्द्रप्रसाद पौडेल र शिक्षाबिद आर. बी. अधिकारीले सलाईडबाट प्रस्तुती सहित आ-आफ्नो विषयमा मन्तव्य व्यक्त भएको थियो । सो महासंघ तथा एलायन्ससँग सम्बद्ध व्यक्तित्वहरुले उत्साहपूर्वक सो कार्यक्रममा सहभागिता जनाउनु भएको र उक्त कार्यक्रम सफलतापूर्वक भएको आयोजकको भनाई छ ।
नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघका केन्द्रीय अध्यक्ष गोविन्दप्रसाद शर्माको अध्यक्षता तथा सोही महासंघका केन्द्रीय महासचिव एवं सामाजिक अभियन्ता भक्तराज भुसालले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बिकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेल , नेशनल को-अपरेटर्स एलायन्स, नेपालका महासचिव चन्द्रप्रसाद ढकाल , नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघका प्रदेस नं २ का संयोजक शम्भुनाथ यादव , गण्डकी प्रदेशका संयोजक भरतराज शर्मा, प्रदेस नं ५ का संयोजक चित्रबाहादुर के सी. र सुदूर पश्चिम प्रदेशका संयोजक गोबिन्दराम परियार लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियोे । त्यस कार्यक्रममा सहकारी सहकारी अभियानकर्मी रामचन्द्र तिवारीले सहकारी सम्बन्धी आफ्नो अनुभव सुनाउनु भयो । कार्यक्रममा अतिथिको रूपमा सहभागी हुनेहरुमा नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डे, नेपाली कांग्रेसका केन्द्रीय निर्वाचन समितिका सदस्य तथा अधिबक्ता सीताराम के.सी. हुनुहुन्थ्यो । कार्यक्रममा महासंघ केन्द्रीय प्रवक्ता कमलराज अधिकारी , कोषाध्यक्ष यज्ञश्वर पोख्रेल तथा सो कार्यक्रममा सहभागीहरु शालिकराम शर्मा , भरत दवाडी- चितवन, सरिता कोइराला -साइप्रस, रीता दुलाल सहित ९० जनाको अनलाइन सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमलाई पूरा लाइभ प्रसारण NP Media Group ले गरेको र NP Media Group को youtube मा गै कार्यक्रम हेर्न सकिने व्यवस्था गरिएको आयोजकले बताउनु भएको छ ।
