नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा राख्नलाई संविधान संशोधन हुने निश्चित

0 Shares

लिम्पियाधुरा-लिपुलेक- कालापानी सहितको भारतद्वारा अतिक्रमित नेपाली भूमि सहितको नेपाल सरकारले जारी गरेको नयाँ नक्सा निशान छापमा राख्नलाई नेपालको संविधान,२०७२ को दोस्रो संशोधन प्रस्ताव पारित हुने निश्चित भएको छ । यही जेठ १७ गते नेपाली काँग्रेसले हालै नेपाल सरकारले जारी गरेको नेपालको अध्यावधिक नयाँ नक्सा निशान छाप राख्नलाई संविधान संशोधन प्रस्तावको पक्षमा मत गर्ने निर्णय गरेको र नेपाल सरकारले हिजो संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा नेपालको संविधान,२०७२ को दोस्रो संशोधन प्रस्ताव हिजो पेश भएसँगै यो प्रस्ताव दुई तिहाईभन्दा बढी मतले पारित हुने निश्चित बनेको हो । । कानुन ,न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले उक्त संविधानको अनुसुची ३ संशोधनको प्रस्ताव पेश गर्नु भएको थियो ।
नेपाली नागरिकहरुको चौतर्फी दवाव बढेसँगै यही जेठको शुरुमा नै नेपाल सरकारले नेपालको अध्यावधिक नयाँ नक्सा सार्वजनिक गरेको थियो ।
उता नेपालको अध्यावधिक नयाँ नक्सा जारी भएसँगै नेपालप्रति आक्रोशित बनेको भारत सरकार पछिल्लो समयमा भने अलि नरम देखिएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले बार्ता मार्फत समस्या समाधान गरिने भारतीय एक टेलिभिजनलाई बताउनु भएको थियो । यता नेपाली नागरिकहरुले भने भारत सरकारसँग नेपाल सरकारले यथाशीघ्र उच्च कुटनीतिक पहल गरी बार्ताको माध्यमबाट अतिक्रमित नेपाली भूमि फिर्ता लिनु पर्नेमा जोड दिइरहेका छन् ।
यस्तै भारतद्वारा अतिक्रमित नेपाली भूमि सुस्ता लगायतको फिर्ताका लागि पनि नेपाल सरकारलाई नेपाली नागरिकहरुले दवाव दिइरहेको देखिएको छ ।

Leave a Reply