लकडाउनको स्वरुप परिवर्तन गर्न सरकारलाई दवाब बढ्दै, अदुवा, मरिच हालेको कालो चिया, तातोपानीब र गुर्जोको नियमित सेवनले कोरोना भाइरस संक्रमणबाट बच्न सकिने स्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीको भनाई
कोरोना भाइरसका कारण नेपाल सरकारले नेपालमा लकडाउन जारी गरेको आज ७३ दिन पुगेको छ । पछिल्ला दिनमाज्ज जस्तैआज लकडाउन अलि खुकुलो जस्तो देखिएको छ । मानिसहरु आ-आफ्नो काममा लागेको देखिएको छ । भाडाका सवारी साधन र अत्यावश्यक पसल बाहेकका पसलहरु तथा शिक्षण संस्थाहरु चलेका छैनन् ।
उता लकडाउनको मार खेपिरहेका उद्योगी, व्यवसायीहरु लगायतको समस्यालाई अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा प्रस्तुत गरेको बजेटले सम्बोधन नगरेको भन्दै असन्तुष्ट बनिरहेका उद्योगी तथा व्यवसायीहरु र अर्थविदहरुले लकडाउनको स्वरुप परिवर्तन गरी सम्भव हुने सम्मका उद्योग तथा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाई अर्थतन्त्र चलायमान बनाउन सरकारलाई दवाव दिइरहेको देखिएको छ । हिजो प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले लकडाउनको मोडालिटी बदल्ने बारेमा सूझाव लिनको लागि बोलाएको सरोकारवालाहरूको छलफलमा पनि उद्योगी व्यवसायीहरु लगायतले लकडाउनको स्वरुप परिवर्तन गर्नु पर्ने सुझाव दिएको बताइएको छ ।
यस्तै अर्थ मन्त्रालयले यही जेठ २५ गतेसम्म कर तिर्न करदाताहरुलाई परिपत्र गरेको जानकारी प्राप्त भएको छ तर अर्थविद लगायतले भने सबैलाई एउटा डालोमा हालेर नभई कारोवार गरेर कमाई गरिरहेका उद्योगी व्यवसायीहरुको छनौट गरी उनीहरुबाट कर संकलन गर्ने तर लगाउनका कारण बन्द रहेकाले कर तिर्न नसक्ने अवस्थामा रहेका उद्योगी व्यवसायीहरुलाई भने के गर्दा तिनीहरुले कर तिर्न सक्छन्,सो अनुरुप तिनीहरुलाई सहजीकरण गर्न सरकारलाई आग्रह गरिरहेका छन् ।
नेपालमा हिजो दोलखाका ७६ वर्षीय जेष्ठ नागरिकको कोरोना संक्रमणबाट निधन भएसँगै नेपालमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । त्यसैगरी हिजो २०१ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २,३०० नाघेको छ । तिनीहरुमध्ये २७८ जना निको भएका छन् । नेपालभित्र कोरोना संक्रमितको संख्या २,३०० नाघे पनि परदेशी भूमिबाट स्वदेश फर्केका नेपालीहरुको तुलनामा स्वदेशमा रहनेहरुको संख्या कति न्युन छ । त्यसैगरी भारतीय भूमिबाट स्वदेश फर्किएका नागरिकहरु लगायत राखिएका क्वारेन्टाइन अव्यवस्थित हुँदा क्वारेन्टाइनमा रहनेहरुले पीडा भोगिरहेको देखिएको छ । क्वारेन्टाइनमा रहेकाहरुले क्वारेन्टाइनको सुधार गर्न र १२/१३ दिन बिताएका नागरिकसँग नयाँ आउने नागरिकलाई सँगै क्वारेन्टाइनमा नराख्न र उचित समयमा क्वारेन्टाइनमा बसेकाहरुको कोरोना परीक्षण गरी कोरोना भाइरस संक्रमण नरहेकालाई घर फर्काउन माग गरेको देखिएको छ तर सरकारी निकायहरु भने राज्यले क्वारेन्टाइनको व्यवस्थापन गर्ने कार्य भइरहेको बताइरहेका छन् । क्वारेन्टाइनको अवस्था भद्रगोल देखेकाहरु भने राज्यको उपल्लो तहका व्यक्ति तथा तिनका परिवारका सदस्य क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था नआएकोले तिनले क्वारेन्टाइनको पीडा महसुस गर्न नसकेको बताउछन् । ्््््््््््््््््््््््््््््््््््््््््््् ््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््यता घरैमा तयार भएको मौलिक खानेकुरा मात्र खानुपर्नेमा जोड दिदै आउनु भएकी स्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले विगत केही दिन अगाडि कोरोना भाइरसबाट संक्रमित महानगरीय प्रहरी वृत्त कालीमाटी, काठमाडौंमा कार्यरत १ प्रहरी नायव निरीक्षक र १ प्रहरी जवान काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पातालमा ११ दिनको उपचारको क्रममा अदुवा र मरिच हालेको कालो चिया, गुर्जोको रस तथा तातोपानी नियमित पिएर , सादा खाना खाएर र शारीरिक व्यायाम गरेरकोरोना भाइरस (COVID-19) लाई जितेको बताउदै कोरोन भाइरस संक्रमणलाई हाउगुजी नगरे नै बेश हुने छ भन्नुभएको छ । यसैगरी डा. महेन्द्र जोशीले पनि गुर्जो, बेसार,टिमुर अदुवा, मेथी, ज्वानो , कागती, किवी लगायतका भिटामिन ‘सी’र ‘डी’ युक्त खानेकुरा तथा तातोपानी नियमित खाने र शारीरिक व्यायाम गरी चिन्ता मुक्त रहनाले र घरैमा बनेको हाइजानिक खाना खाएमा कोरोना संक्रमणबाट जोगिन सकिने बताउदै आउनु भएको छ ।

